देशमा काव्यको मूल खोली दिए साधना क्षेत्रमा अग्रदर्शी थिए लाग्छ नेपालको एउटा मञ्जरी छैन कोही यहाँ देवकोटासरि ।।१।।
आज हामी यहाँ सम्झना गर्दछौँ प्रेमका फूलका हारमा भर्दछौँ झ्याउरे छन्दमा ज्ञानको पोखरी छैन कोही यहाँ देवकोटासरि ।।२।।
सिर्जना क्षेत्रमा देखियो एकता लेखनी कार्यमा पाइयो अग्रता शब्द निर्माणका एउटा मञ्जरी छैन कोही यहाँ देवकोटासरि ।।३।।
मूल संसारका सिर्जना पस्किए उच्च साहित्यमा बेसरी मस्किए एक आलोकमा चम्कने केसरी छैन कोही यहाँ देवकोटासरि ।।४।।
देश नेपालको नाम उच्चा गरे कीर्ति संसारमा बेसरी नै छरे सम्झना आउने गर्छ नानाथरी छैन कोही यहाँ देवकोटासरि ।।५।।
