धुक्धुकी राष्ट्रको छाम्दथे जाँच्दथे सिर्जना मूलझैँ निर्झरी ल्याउँथे छन् सदा चम्किला दिव्य तारासरि छैन कोही यहाँ देवकोटासरि ॥
छैन कोही यहाँ देवकोटासरि
लक्ष्मी सडकका कविता, २०८३ (पृष्ठ ६) बाट
लक्ष्मी सडकका कविता, २०८३ (पृष्ठ ६) बाट
धुक्धुकी राष्ट्रको छाम्दथे जाँच्दथे सिर्जना मूलझैँ निर्झरी ल्याउँथे छन् सदा चम्किला दिव्य तारासरि छैन कोही यहाँ देवकोटासरि ॥
अग्रणी पूर्ण साहित्य आकाशको नाप के हुन्छ लौ प्रेरणा व्याप्तिको मार्ग पच्छ्याउँदै छन् सयौँ नर्सरी छैन कोही यहाँ देवकोटासरि ॥
कल्पनाकाशमा खेल्दथे घुम्दथे हात हाले जहाँ टाकुरा चुम्दथे काल जित्ने छरे काव्य माटोभरि छैन कोही यहाँ देवकोटासरि ॥
गद्यमा पद्यमा उत्तिकै पोख्त छन् झन् महाकाव्यमा व्यञ्जना खिप्तछन् शब्द लालित्यका भावका हुन् परी छैन कोही यहाँ देवकोटासरि ॥
उच्च छन् टल्किने शैलका टाकुरा बग्दछन् हैम सिँच्दै जिमीका गरा मिल्दछन् फाँट नौला अझै निर्झरी छैन कोही यहाँ देवकोटासरि ॥
No comments yet.
Sign in to like, save and comment
Sign in