आमा सर्वस्व हुन् हाम्री यो संसार देखाउने । आमा नै गुणकी खानी हामीलाई हँसाउने ।।
अरूको लाख आमाको काख नै हुन्छ सुन्दर । स्नेहिला हातले छुँदा मातृप्रेम निरन्तर ।।
भोक प्यास थकाइले आउँछिन् घर, सन्तति । आफनो ज्यान अर्पिन्छिन्, शिशु हुर्काउँछिन् कति !!
आमाको काख छाडेर जानुपर्छ पतिघर । आमा नै जिन्दगी हाम्री आमाबाहेक को छ र ?
माया सन्तानको लाग्छ आमालाई भने जति । हामी नै बुझ्न सक्दैनौँ असीम प्रेम सम्पत्ति ।।
आमालाई हँसाएर खुसी पार्ने महौषधि । दूधको मोल तिर्नु छ बाँचुन्जेल यथामति ।।
जन्मभूमि पनि आमा दूध चुसाउने पनि । दुवैको मान गर्नु छ मातृभक्त सधैँ बनी ।।
